चलचित्र

कमेडीसँग एक्सनको भीडन्त

काठमाडौं, साउन । फ्राइडे रिलिज अन्तर्गत आजबाट दुई वटा चलचित्र प्रदर्शनमा आएका छन् । दर्शकमाझ आएको एउटा चलचित्र हो रेलीमाई र अर्को हो संजोग ।
चलचित्र रेलीमाई कमेडी जनराको हो भने संजोग एक्सनप्रद । कमेडी बेसमा निर्माण भएको रेलीमाईको मूख्य भूमिकामा पूर्णिमा लामा, सन्जोक राणा, श्याम लामा रहेका छन् ।
कमेडीसंग प्रतिस्पर्धी बनेर आएको एक्सनप्रद संजोग साउथ इण्डियन चलचित्रको झल्को दिने खालको छ । चलचित्रमा सविन श्रेष्ठ, प्रज्वल गिरी, सुष्मा कार्कीको दमदार अभिनय रहेको निर्देशक बेदप्रसाद भूर्तेलले बताएका छन् ।  यी दुई चलचित्रका निर्माताहरुले आ–आफ्नो चलचित्र राम्रो बनेको दाबी गरेपनि कसको पल्लाभारी हुने हो त्यो भने दर्शकको हातमा रहेको छ ।