राजनीति

वाधा अड्काउ फुकाउ जारी

काठमाडौं, साउन । राष्ट्रपति विद्या भण्डारीले बाधा अड्काउ फुकाउ आदेश जारी गरेकी छन् । बाधा अड्काउ फुकाउ आदेश जारी भएसँगै नयाँ सरकार गठनका लागि सहज बाटो खुलेको हो । 

नेपालको संविधानमा अर्को प्रधानमन्त्री निर्वाचनको प्रक्रिया प्रारम्भ गर्न बाधा अड्काउ परेकाले संविधानको धारा २९८ को उपधारा–२ वा–३ बमोजिमको प्रक्रिया अपनाई अर्को प्रधानमन्त्रीको निर्वाचन गर्न सकिने गरी सो आदेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सविधानको धारा २९८ अनुसार गठन भएको प्रधानमन्त्रीले राजीनामा दिएको तर, अर्को प्रधानमन्त्री निर्वाचित हुने प्रष्ट व्यवस्था नरहेका भन्दै मन्त्रिपरिषद्को आइतबारको बैठकले बाधा अड्काउ आदेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो  ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नैराजीनामा दिएका थिए ।