राजनीति

प्रधानमन्त्री ओलीद्वारा राजीनामा घोषणा

काठमाडौं, साउन । प्रधानमन्त्री केपी ओलीले राजिनामा दिएका छन् । संसद सम्बोधनको अन्त्यमा आफूले प्रधानमन्त्रीबाट राजिनामा दिएको घोषणा गरेका हुन् । संसदलाई संम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैको नाम नलिइ, हाम्रा साथीहरु भन्दै बारम्बार प्रतिपक्षी दल र माओवादी केन्द्रतर्फ लक्षित हुँदै व्यंग्य प्रहार गर्नुभयो । आफ्नो कार्यकालमा भएका सम्पूर्ण कार्यहरुको संक्षिप्त विवरण प्रस्तुत गर्दै आगामी सरकालाई समेत सचेत हुन तथा अविश्वासको प्रस्तावका प्रस्तावहरुलाई सचेत गराउनुभयो ।
उनीहरुले सरकारमाथि लगाएका आरोपहरु पूर्णरुपमा निराधार रहेको भन्दै यसले भविष्यमा समेत समस्या बल्झिने बताउनुभयो । उहाँले मुलकमा जति नै राजनीतिक परिवर्तन भए पनि जनताका दुःख उस्तै रहेको भन्दै अब जनता लक्षित हुँदै दूरगामी अवधारणा अवलम्बन गर्नुपर्ने बताउनुभयो ।  
नेपाललाई समृद्ध बनाउँछु भनेको विषयमा, समृद्धिका निम्ति खाका कोर्दा, बाटा निर्माण गर्न खोज्दा प्रतिपक्षी दलहरुले आपत्ति जनाउनुलाई आश्चर्य मान्दै उहाँले भन्नुभयो– ‘उपलब्धिको रक्षा गर्ने, जनहीतका काम गर्ने आफ्नो उद्देश्य भए पनि प्रमुख विपक्षी दल यस विषयमा खनिनु उचित थिएन ।’
त्यस्तै, सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने भन्दै उहाँले आफ्नो कार्याकाल यही मर्मलाई अवलम्वन गर्दै व्यतित भएको स्मरण गर्नुभयो । आफूमाथी पूव्राग्रही ढंगले प्रश्न उढाइएको भन्दै आफ्नो दल संविधान लेखनमा अग्रभागमा रहेको बताउनुभो । आफू ओलीका लागि होइन भोलिका लागि लडेको भन्दै राजनीतिको स्वार्थको विषय बनाएर अनुचित  आरोप लगाउनु गलत भएको बताउनुभयो । साथीहरुलाई यसको महसुस भएको पनि दाबी गर्नुभयो । आन्दोलनका काममा देशलाई अनिर्णयको बन्दी बनाइँनु नहुने धारणा राख्नुभयो ।
प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रसँग सरकार चलाउँदा साथीहरुले धेरैचोटी चित्त दुखाएको र आफूले अरुणा लामाको गीतमा झैं धेरै पटक टालेको बताउनुभयो । उहाँले आज एकातिर टालेको मन भोलि अर्कोतिर च्यातिन्थ्यो। त्यता टाल्यो भने अर्को दिन अन्तै च्यातिन्थ्यो। यो अब संयुक्त सरकार चलाउनेलाई पनि काम लाग्ला भनेर भनेको हुँ।

सम्माननीय राष्ट्रपतिसँग भेट भएको प्रसंग जोड्दै संसदमा प्रधानमन्त्री आलीले फेरिएको राजनीतिक परिस्थिलाई मध्यनजर गर्दै मार्गखुल्ला गर्ने गरी राष्ट्रपति समक्ष राजीनमा पेश गरेको बताउनुभयो । उहाँले संसद विघटन गराउने विषयलाई लिएर  दुःख व्यक्त गर्दै आफूमाथि लगाएका आरोपको बारेमा बताउनुभयो । देशलाई पश्चगतिमा धकेल्ने आफ्नो चाहना नभएको भन्दै प्रतिकूल अवस्थामा भए पनि दृढ कदम चालेको स्वीकार गर्नुभयो ।

त्यस्तै, प्रधानमन्त्रीले भने– साथीहरुले छापामार शैलीमा झ्याप्पै सरकार छोड्नुभो । यसले सरकार  त फ़ेरिएला तर समय सकिएको छैन । अहिले अचम्मको गठबन्दन बनेकोछ मेरो शुभकामना ।
यसअघि, राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजिनामा पेश गरिसकेपछि उहाँले संसदलाई सम्बोधन गरेका हुन् । आजै बसेको बसेको मन्त्रिपरिषद्ले नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न बाधा अड्काउ फुकाउ आदेशका लागि राष्ट्रपतिलाई सिफारिस गरेपछि प्रधानमन्त्री ओलीले राजीनामा गर्ने अनुमान गरिएको थियो।

 उहाँ गत असोज २४ गते प्रधानमन्त्रीमा विजयी भएका थिए। प्रधानमन्त्रीको निर्वाचनमा एमाले अध्यक्ष ओली ३ सय ३८ मत ल्याइ मुलुकको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित हुनभएको थियो । तत्कालीन एकिकृत नेकपा माओवादी, राप्रपा नेपाल, राप्रपा, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, नेकपा माले, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल लगायतका दल ओली सरकारमा सहभागी भएका थिए। सत्ता सहयात्री दल माओवादी केन्द्र, राप्रपा र मधेसी जनअधिकार फोरमले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव संसदमा पेश गरेपछि ओलीले राजीनामा दिएका हुन्। प्रधानमन्त्रीले राजीनामा दिएपछि कांग्रेस, नेकपा माओवादी केन्द्र  अन्य साना दलहरु मिलेर नयाँ सरकार गठन हुनेछ ।