राजनीति

अविश्वास प्रस्तावको पक्षमा ३ सय ७० सासंद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव पनि भारी बहुमतले पारित हुने देखिएको छ । सत्तासाझेदार मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय शनिवार गरेपछि ओलीको विपक्षमा पल्लाभारी बन्दै गएको हो। अविश्वास प्रस्तावमा प्रधानमन्त्रीको जवाफ र निर्णयार्थ मतदान आज हुँदैछ।
नेपाली कांग्रेससहित १३ दलको समर्थनमा असार २९ गते संसदमा दर्ता अविश्वास प्रस्तावका पक्षमा झन्डै ३ सय ७० मत पर्ने नेताहरुको दाबी छ। प्रस्तावमाथि छलफलपछि आइतबार हुने मतदानमा ओलीविरुद्ध कम्तीमा ३ सय ६७ मत पर्ने कांग्रेस नेता विमलेन्द्र निधिले बताए। संसदमा १९ दलले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने कांग्रेस, माओवादीसहितका दललाई जानकारी गराइसकेका छन्।

९ साउन, २०७३ ।