चलचित्र

भूवनलाई टक्कर दिन सुस्मिताको ‘म त तिम्रै हुँ’

काठमाडौं । भुवनलाई टक्कर दिन चलचित्रमा क्षेत्रमा आएकी नायिका तथा निर्मात्री सुस्मिता केसीले निर्देशन गरेको चलचित्र ‘म त तिम्रै हुँ ’ शुक्रबारबाट एकलौटीरुपमा प्रदर्शनमा आएको छ । उनलाई टक्कर दिने अरु फिल्म कोही छैनन् । व्यापारिक हिसाले यस चलचित्रले कत्तिको सफलता हात पार्ने हो त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

चलचित्रमा आकाश श्रेष्ठ, ज्योत्सना योगी, जीवन भट्टराई, अनुपमा श्रेष्ठ लगायतको अभिनय रहेको छ । लामो समय पर्दाबाहिर बसेकी सुस्मिता नायक भुवन केसीले चलचित्र ड्रिम्सको निर्माण गरेसँगै नेपाली फिल्म लिएर बजारमा आउनुलाई भने पक्कै पनि टक्कर दिन आएको हुनसक्ने आभास दर्शकहरुले गरेका छन् । वितरक सुनिल मानन्धरले अल नेपाल सोलो पर्दामा रिलिज गरेको बताएका छन् ।
पूर्वपति नायक भूवन केसीलाई चलचित्र निर्माणको उचाइ र सफलतापछि नायिका सुस्मिता केसी नै हुन् ।

सुस्मितासँगै हुँदा निर्माण भएका करोडपति, नेपाली बाबु, सुपरस्टार, म तिमि विना मरिहाल्छुलगायत चलचित्र दर्शकका लागि राम्रा बने । यी चलचित्रले नेपाली चलचित्र बजारमा उल्लेखनिय रेकर्ड बनाए । जब सुष्मिताबाट भुवन अलग्गिए उनका खराब दिन शुरु भए । उनकी सहयात्री नुहुदा निर्माण भएका चलचित्रले फ्लको ट्याग भिरे तर, ड्रिम्सबाट भने भुवन मालामाल भएका थिए । अब सुस्मिताले भूवनको डिम्सलाई कत्तिको टक्कर दिने हुन् त्यसका लागि भने केही कुर्नु पर्ने भएको छ ।

७ साउन, २०७३ ।