राजनीति

कांग्रेस र माओवादी केन्द्रको सरकारलाई खबरदारी

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त वक्तव्य जारी गरेका छन् । संसदमा अविश्वासको प्रस्ताव पेश गरिसकेका उनीहरुले वर्तमान सरकारलाई काम चलाउको संज्ञा दिँदै राष्ट्रिय महत्व राख्ने निर्णय नगर्न खबरदारी गरेका छन् ।

कांग्रेस र माओवादीले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै अविश्वासको प्रस्ताव दर्ता भएपछि सरकार काम चलाउ हैसियतमा मात्र रहेको बताएका हुन् । संयुक्त वक्तव्यमा भनिएको छ– ‘वर्तमान सरकारले दैनिक कामकाजका सामान्य काम बाहेक कुनै पनि राष्ट्रिय महत्व राख्ने र दिर्घकालीन प्रभाव पार्ने निर्णयहरु नगर्न सरकारको ध्यानाकर्षण गराउँदछ ।’

३० असार, २०७३ ।

संयुक्त वक्तव्यमा यस्तो