राजनीति

माओवादीले छाडेका मन्त्रालयको जिम्मा क–कसलाई ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले छाडेका मन्त्रालयको जिम्मा बाँडफा“ड गरेका छन् । माओवादी केन्द्रका आठ मन्त्रीले सामूहिक राजीनामा दिएपछि प्रधानमन्त्रीले भएका अरु मन्त्रीलाई थप जिम्मेवारी दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले संविधानको धारा २९८ बमोजिम आफूसहित अन्य मन्त्रीलाई थप कार्यभार दिनुभएको र नया“ जिम्मेवारी दिइएको पत्र राष्ट्रपति कार्यालय पठाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । नया“ जिम्मेवारीअनुसार प्रधानमन्त्री तथा सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी लिनुभएको छ ।

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहनुभएका विजयकुमार गच्छदारले वन तथा भू–संरक्षण, रक्षामन्त्री भीमबहादुर रावलले गृह, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ऊर्जा श्रम तथा रोजगारमन्त्रीले आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेललाई शिक्षा, भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बालाई सि“चाइ र पशुपक्षी विकासमन्त्री शान्ता मानवीलाई कृषि विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

३० असार, २०७३ ।