राजनीति

कांग्रेसले माओवादी केन्द्रलाई सघाउने

काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वलाई समर्थन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकको भावी प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गर्ने निर्णय गरेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले औपचारिक रुपमै दाहालको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेपछि नयाँ सरकारको नेतृत्वबारे स्पष्ट भएको छ ।
कांग्रेस र माओवादी केन्द्रवीच भएको सात बूँदे सहमतिको प्रस्तावलाई कांग्रेसले पार्टीभित्रको तीव्र असन्तुष्टिवीच अनुमोदन गरेपछि अब माओवादीको नेतृत्वमा कांग्रेस सरकारमा जाने पक्का भएको छ ।

कांग्रेसले दुई दलबीच भएको ७ बुँदे सहमतिलाई अनुमोदन गर्दै संविधान कार्यान्वयन गरी शान्ति प्रक्रियालाई पूर्णता दिने निर्णय गरेको छ ।

त्यसैगरी आन्दोलनरत् मधेसी मोर्चा सहित संविधानप्रति असन्तुष्टि जनाइरहेका सबै पक्षसँग वार्ता र सहमतिद्वारा समस्याको समाधान गर्दै अघि बढ्ने कांग्रेसको निर्णय छ।

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविस्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ । संसद भवन बानेश्वरमा आज बसेको नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकले अल्पमतमा परेका प्रधानमन्त्री ओलीले राजीनामा नदिए अविस्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो । बैठकमा केन्द्रीय सदस्य विमलेन्द्र निधिले माओवादी केन्द्रसंग भएको ७ बुँदे समझदारी पत्र पढेर सुनाएका थिए । बैठकमा सभापति शेरवहादुर देउवाले सात बुँदे समझदारी अनुमोदनको लागि प्रस्ताव गरेका थिए ।