राजनीति

एमालेको प्रस्ताव कांग्रेसले अस्वीकार गर्यो

काठमाडौं । नयाँ सरकारको नेतृत्व गर्न एमालेले गरेको प्रस्ताव नेपाली कांग्रेसले अस्वीकार गरेको छ । माओवादी केन्द्रले केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेले कांग्रेसलाई सरकारको नेतृत्व गर्न आग्रह गरेको थियो ।

तर, एमालेले ढिला गरी प्रस्ताव ल्याएको भन्दै कांग्रेसले त्यसलाई अस्वीकार गरेको हो । कांग्रेस केन्द्रीय समितिको बैठकपछि सभापति शेरबहादुर देउवाले एमालेले ढिला गरी प्रस्ताव ल्याएको बताए । कांग्रेस केन्द्रीय समितिको बैठकमा समेत एमालेले ल्याएको प्रस्तावका बारेमा सामान्य छलफल भएको थियो ।

तर माओवादी केन्द्रसँग लिखित सहमति गरिसकेकाले तत्काल त्यो सहमति तोड्न नहुने पक्षमा अधिकांश सदस्य देखिएपछि प्रधानमन्त्री बन्न देउवालाई गरेको प्रस्ताव अस्वीकृत भएको हो ।
एमालेबाट आफूलाई नेतृत्वका लागि प्रस्ताव आएसँगै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिने र प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउन मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि कांग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्ने दुई दलबीच सहमति भएको छ ।

२९ असार, २०७१ ।