राजनीति

प्रधानन्यायाधीश कार्कीले पदभार सम्हालिन

प्रमुख निर्वाचन आयुक्त यादवले लिए प्रधानन्यायाधीश समक्ष सपथ 
काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएसँगै कार्यभार सम्हालेकी छन् । राष्ट्रपति निवास शितल निवासमा पदतथा गोपनियताको सपथ लिएसँगै उनी सर्वोच्च अदालत पुगरे कार्यभार सम्हालेकी हुन् ।

कार्कीलाई प्रधान्यायाधीशमा नियुक्त गर्न संवैधानिक परिषदले गत चैत २८ गते गरेको सिफारिस संसदीय सुनुवाइ विशेष समितिले आइतबार सर्वसम्मतीले अनुमोदन गरेको थियो । उनी नेपालकै पहिलो महिला प्रधानन्यायाधीश बनेकी छन् ।

यसैबीच, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पनि सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीसमक्ष यादवले पद तथा गाेपनियताकाे शपथ लिएका हुन् । 

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्तीमगर, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, सर्वोच्च अदालतका न्यायाधीश, नेपाल सरकारका मुख्यसचिव, संवैधानिक र सुरक्षा निकायका प्रमुख, नेपाल बार एसोसिएसनका पदाधिकारीलगायतको उपस्थिति थियो ।

२७ असार, २०७३ ।