राजनीति

माओवादी केन्द्रको पोलिटव्युरो बैठकका निर्णय यस्ता

काठमाडौं । काठमाडौं । नेकपा माओवादी केन्द्रका आठौं महाधिवेशन आगामी पुस २३ देखि २७ गतेसम्म काठमाडौंमा हुने भएको छ। तीन दिन यता जारी बैठक समापन गर्दै केन्द्रले महाधिवेशनको मिति तय गरेको हो। रामबहादुर थापा नेतृत्वको क्रान्तिकारी नेकपा माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, मातृका यादव नेतृत्वको नेकपा माओवादी लगायत दस कम्युनिष्ट घटकहरुबीच पार्टी एकता भएपछि महाधिवेशन गर्न लागेको हो।
पोलिटव्यूरो बैठकमा अरु के के निर्णय भए ?
१. संगठन र निर्वाचन प्रणालीबारे कार्यदलले दिएको कार्यविधिको छलफलमा आएका सुझावलाई केन्द्रीय कार्यालयले परिर्माजन गर्ने र आगामी भदौ २ गते बस्ने केन्द्रीय आयोजक समितिको बैठकले पारित गरी कार्यान्वयनमा जाने ।
२. केन्द्रीय कार्यालयले पहिला नै प्रस्ताव गरेको सम्मेलन सम्बन्धी निम्न कार्यतालिका अनुमोदन गर्यो –
– पार्टी, मोर्चा र जबसको तल्लो तहसम्मको एकता प्रक्रिया साउन महिना भरीमा पुरा गर्ने ।
– पार्टी सदस्यता नविकरण, अभिलेखिकरण भदौ महिनामा भरमा गर्ने ।
– वडा, गाउँ र नगरपालीकाको सम्मेलन असोज महिनाभरमा सम्पन्न गर्ने ।
– जिल्ला सम्मेलन कार्तिक महिनामा सम्पन्न गर्ने ।
– प्रदेश सम्मेलन मंसिर महिना भरीमा सम्पन्न गर्ने ।
३. आगामी महाधिवेशन पुस २३ गतेदेखि २८ गतेसम्म काठमाडौंमा गर्ने ।
४. देशमा विभिन्न भुभागमा वर्षाकका कारण भएको बाढी पहिरोमा परेका जनताको उद्धार राहतलाई तिव्र पार्न सरकारसित माग गर्ने –
– स्थानीय पार्टीलाई पंक्तिलाई राहत र उद्धारमा लाग्न निर्देशन दिने ।
– बैठकले बाढी पहिरोमा परी मृत्यु हुनेप्रति श्रद्धान्जली र परिवारजनमा समवेदना व्यक्त गर्यो ।
५.  भुकम्प प्रभावितहरुलाई दिने राहत र पुनर्निमाणको कामलाईब तिव्रता दिन सरकारसित माग गर्ने ।
६. नेकपा एमाले सित विगतमा भएका सरकार सम्बन्धी सहमति र समझदारीलाई कार्यान्वयन गर्न गम्भीरतापूर्वक लाग्न छलफल गर्ने ।