राजनीति

प्रबुद्ध समूहको बैठकले सम्बन्ध प्रगाढ बनाउने अपेक्षा

काठमाडौं ।  नेपाल–भारत प्रबुद्ध समूह, इमिनेन्ट पर्सन्स ग्रुपको पहिलो बैठक सोमबारबाट काठमाडौंमा सुरु भएको छ। दुई देशका प्रबुद्ध व्यक्तिहरुको बैठकले परम्परादेखि रहँदै आएको दुई छिमेकी राष्ट्रहरुको सम्बन्धलाई थप उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।
बैठकको उद्धघाटन गर्दे उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले ईपीजीको बैठकले नेपाल र भारतबीच पछिल्लो समयदेखिएको समस्याहरुको अन्त्य गर्नेमा आफू विश्वस्त रहेको बताए।
थापाले अहिलेको समयको आवश्यक्तालाई सम्बोधन गर्न सन् १९५० को सन्धीलगायत दुई देशबीचका विभिन्न सम्झौता तथा सहमतिहरुमा परिमार्जन आवश्यक भएको बताए।

कार्यक्रममा प्रबुद्ध समूह भारतका संयोजक भगतसिंह कोसियारीले अहिलेको आवश्यक्ता विशेष सम्बन्ध भएको दुई देश कसरी असल छिमेकीको रुपमा बस्न सकिन्छ भन्ने हो र त्यसैमा बैठकले आफ्नो ध्यान केन्द्रित गर्ने बताए। सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिलगायतका द्विपक्षीय सन्धि–सम्झौता पुनरावलोकन, अद्यावधिक र आवश्यक परे खारेजसम्म गर्न दुबै देशका सरकारलाई सुझाव दिन दुबै देशका तर्फबाट यो समूह गठन गरिएको हो।

औपचारिक उद्घाटनपछि समूहको बैठक सुरु भएको छ। पहिलो बैठक भएकोले आजको बैठकले समूहको एजेण्डा सेटिङ गर्ने नेपाली प्रतिनिधि डा।राजन भट्टराईले जानकारी दिए।