राजनीति

नयाँ शक्तिमा नयाँ व्यवस्था

काठमाडौं । नयाँ शक्ति नेपालले पार्टीको अध्यक्ष, पदाधिकारी र कार्यसमितिका सम्पूर्ण सदस्य चयनको लागि निर्वाचन प्रणाली अवलम्वन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको केन्द्रीय परिषद् सचिवालय बैठकले सम्पूर्ण पार्टी सदस्यले प्रत्यक्ष रुपमा निर्वाचित हुनुपर्ने व्यवस्थासहितको निर्वाचन प्रणालीको विधान पारित गरेको हो ।

पार्टीको पहिलो राष्ट्रिय भेलाबाट बनेको कार्यदलले गरेको गृहकार्यको आधारमा यसअघि सङ्गठन विभाग प्रमुख रहनुभएका देवेन्द्र पौडेलले प्रस्तुत गरेको विधानमाथिको छलफलपछि केन्द्रीय अध्यक्षलगायत सबै तहका पदाधिकारी र सदस्य सम्पूर्ण साधारण सदस्यबाट निर्वाचित हुनुपर्ने प्रणालीसहितको विधान पारित गरेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।
‘नयाँ शक्तिको आधार तत्व’ नामको राजनीतिक दस्तावेज र ‘विकास र आर्थिक समृद्धिको खाका’ समेतका दस्तावेज कार्यदलले परिमार्जन गरेअनुसार पारित गर्ने निर्णय भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।