राजनीति

कमल थापा आवाज हिन्दू राज्यका लागि जनमत संग्रह !

विराटनगर । राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमंत्री कमल थापाले हिन्दु राष्ट्र बारे जनमत संग्रह गराउनु पर्ने माग पुनः दोहोर्याएका छन् । नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएको जिकिर गर्दै नेपाललाई हिन्दू राष्ट्र कायम गराउन जनमत संग्रह गर्नुपर्ने जिकिर गरेका हुन् ।

विराटनगरमा राप्रपा नेपाल मोरङको तेस्रो जिल्ला अधिवेशन एवम् हिन्दु जागरण सभालाई सम्बोधन गर्दै उपप्रधानमंत्री थापाले जनतामा विश्वास नभएका दलहरुले मात्र धाकधम्कीको राजनीति गर्ने आरोप लगाए । उनले  संविधानप्रति राप्रपा नेपालको आलोचनात्मक समर्थन रहेकाले आफ्नो एजेण्डा स्थापित नभएसम्म संविधानका प्रावधान अनुसार अघि बढ्ने प्रष्ट पारे ।
उपप्रधानमन्त्री थापाले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएकाले आन्दोलनरत दलहरुलाई सडक आन्दोलन त्यागेर जनताको अभिमत जितेर संविधान संशोधनका लागि पहल गर्न आग्रह गरे । संविधानमा जस्तोसुकै संशोधन गर्न सकिने प्रावधान भएकाले आफ्ना माग पूरा गराउन कसैले पनि जंगल जानु नपर्ने, बन्दुक उठाउनु नपर्ने र सीमामा धर्ना बस्नु नपर्ने धारणा व्यक्त गरे ।