राजनीति

आज पनि कांग्रेसले संसद चल्न नदिने

काठमाडौं ।  नेपाली कांग्रेसले आइतबार बस्ने संसद बैठक बहिष्कार गर्ने भएको छ । आइतबार ११ बजेपछि बस्ने संसद बैठकमा प्रधानमन्त्रीले काग्रेसले राखेका मागको जवाफ दिने कार्यक्रम रहेको छ ।
कांग्रेसले भूकम्पपीडितलाई एकमुष्ट दुई लाख नदिएसम्म संसद् चल्न नदिने यस अघि नै जानकारी गराएको हो ।  शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले पीडामा रहेका भूकम्पीडितलाई थप पीडा दिन नहुने निष्कर्ष निकालेको छ ।

बैठकले सरकारका अन्य कामको पनि आलोचना गरेको छ । ‘एमालेले पुनर्निर्माण प्राधिकरणमा राजनीतीकरण गरेको, आफ्नै दलनिकट एनजिओमार्फत काम गराएको, सरकारले फलाकेजति कहीँ कतै पनि पुनर्निर्माणको काम हुन नसकेको भन्दै सरकारको विरोध जनाउँदै आएको छ ।

‘कांग्रेस नेतृत्वको सरकारले अवधि तोकेर दुई–तीन किस्तामा दुई लाख अनुदान दिने विषय अघि बढाए पनि १४ महिनापछि फेरि किस्ताबन्दीमा रकम दिनुपर्ने सरकारी हठ उचित नभएको कांग्रेसको ठहर छ ।