चलचित्र

ड्रिम्स पनि पाइरेसीको शिकार

काठमाडौं । २०७२ सालको सफल चलचित्र ‘ड्रिम्स’ पनि पाइरेसीको शिकार बनेको छ । पछिल्लो पटक सफल चलचित्र एक पछि अर्को गरी पाइरेसी हुन थालेका छन् । ड्रिम्स अनाधिकृत रुपमा बाहिरिएसँगै अहिले बजारमा भाइरल भएको छ । युट्युवमा नआईसकेको फिल्म ‘मोबाईल, पेनड्राईभ  र मेमोरी कार्डमार्फत आदन प्रदान भइरहेको पाइएको हो । फिल्म बजारमा भाइरल भए पछि फिल्मको बाँकी शो मा धक्का लाग्ने निश्चित भएको छ । तर, ‘ड्रिम्स’का एसोसियट निर्देशक दिवाकर भट्टराईले भने यो विषयमा बुझ्दा अज्ञानता प्रकट गरे । यसबारै आफूलाई कुनै पनि जानकारी नभएको बताए । गत बर्ष रिलिज भएको सफल फिल्मको सुचीमा परेका आधा दर्जनजति फिल्म पाईरेसी भईसकेका छन् । पछिल्लो पटकका दुई सफल चलचित्र ‘पशुपतिप्रसाद’ र ‘प्रेमगीत’ पाईरेसी भएका थिए । त्यो भन्दा पहिले गरिमा पन्त अभिति झोला युटुवमा आएको थियो ।
ड्रिम्स गत माघ २१ गते प्रदर्शनमा आएको फिल्म हो । यस चलचित्रमा अनमोलसंग नयाँ अनुहार सामज्ञी शाह मुख्य भुमिकामा छिन् । पहिलो पटक नै चल्तिका नायक अनमोल केसी संग स्क्रिन शेयर गर्न पाएकी साम्राज्ञी अनमोलको अपोजिटकै कारण चर्चामा समेत रहेकी छिन् ।