राजनीति

‘बौद्ध सम्मेलनमा मोदी नआउने, बहिष्कार होइन’

काठमाडौं । आगामी जेठ ६ र ७ गते  हुने बौद्ध सम्मेलन भारतले बहिष्कार गर्ने समाचार सार्वजनिक भइरहँदा भारतले भने यो भ्रमपूर्ण हल्ला मात्रै भएको बताएको छ । भारत सरकारले बौद्ध सम्मेलन बहिस्कार गर्ने भन्ने समाचारको खण्डन गर्दै भारतले प्रधानमन्त्री नरेन्द्र मोदी  नआउने भएपनि सम्मेलन बहिस्कार भ्रमपूर्ण हल्ला भएको जनाएको हो ।
भारतीय प्रधानमन्त्री मोदीको ९ गतेबाट इरानको भ्रमण कार्यतालिका रहेका कारण नेपाल भ्रमण असम्भव भएको जनाइएको छ । नेपाल सरकारले मोदीलाई भ्रमणको निम्तो दिएको भएपनि भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले मोदीको तत्काल नेपाल भ्रमणको कुनै योजना नरहेको बताए । प्रधानमन्त्रीको उपस्थिति नभए पनि उचित प्रतिनिधित्व हुने उनेका भनाइ छ ।