राजनीति

९ बुँदे सम्झौताको विरोधमा बालुवाटार घेराउ

काठमाडौं । सत्तारुढ नेकपा एमाले  र एकीकृत नेकपा माओवादीबीच भएको ९ बुँदे सहमतिको विरोध गर्दै द्वन्द्वपीडितहरु सडक संघर्षमा उत्रिएका छन् ।
सहमतिले द्वन्द्वकालीन घटनाका दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै द्वन्द्वपीडित परिवारका सदस्य र मानवअधिकारवादीहरुले बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका हुन् ।
द्वन्द्वकालीन सबै मुद्दाहरु अदालतमा विचाराधिन रहेका अवस्थामा सत्य निरुपण तथा मेलमिलाप आयोगको दायरामा ल्याउने गरी कानून संशोधन गर्ने सहितको नौ बुँदे सहमति भएको सन्दर्भमा द्वन्द्वपीडित परिवारका सदस्य र मानवअधिकारवादीहरु आन्दोलित भएका हुन् ।

बालुवाटार घेराउन गर्दै उनीहरुले नौ बुँदे सहमति तत्काल खारेज गर्न माग गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कुर्सी जोगाउनका लागि पीडितहरुको भावना विपरित पीडितहरुको पक्षमा सहमति गरेको भन्दै उनीहरुले सहमति खारेज नभएसम्म आन्दोलन जारी राख्ने अडान उनीहरुले राखेका छन् ।