चलचित्र

करिश्मा र मुकेश प्रेम भावमा !

काठमाडौं, ७ चैत । लामो समयदेखि पर्दामा नदेखिएकी अभिनेत्री करिश्मा मानन्धर अभिनित फिल्म ‘हिरोज’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘यो प्रित’ बोलको गीतमा करिश्मा र मुकेश ढकाललाई प्रस्तुत गरिएको छ ।  प्रल्हाद तिमिल्सिना र प्रबिशा अधिकारीले गाएको गीत शंकर अधिकारी घायलले लेखेका हुन् ।

विकास चौधरीले संगीत गरेको गीतको कोरियोग्राफी रामजी लामीछानेले गरेका हुन् । गीतमा करिश्मा र मुकेशबीचको प्रेमभाव झल्काइएको छ । चैत्र २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मलाई एनबि महर्जनले निर्देशन गरेका हुन् । अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको फिल्ममा जयकिसन बस्नेत, पूर्णिमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा हुन् भने निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा रहेका छन् । शिब ढकाल र रामशरण उप्रेतीले खिचेको फिल्ममा शंकर महर्जनको द्वन्द्व, कमल राई, कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । फिल्मप्रति आफू निकै आशावादी रहेको पूर्णिमा बताउँछिन् । फिल्ममा बेरोजगारीको पीडा, महिला हिंसा, राजनीतिक विकृती, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको छ ।