चलचित्र

दाेस्राे साता पनि ‘मंगलम’ कै दबदबा, पञ्चायत अाेझेलमा

काठमाडाैं, ४ चैत । प्रदर्शनको पहिलो हप्ता सिनेमा घरहरुमा आफ्नो एकलौटी वर्चश्व जमाएको फिल्म ‘मंगलम’ ले दोस्रो सातामा पनि आफ्नो दबदबा कायमै राखेको छ । शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन आरम्भ गरेको फिल्मको कलेक्सन रिपोर्ट भने सार्वजनिक भएको छैन । तर पनि पछिल्लाे शुक्रबारबाट प्रदर्शनमा अाएकाे नयाँ चलचित्र पञ्चायतलार्इ पनि उसैगरी टक्कर दिएकाे छ ।  
मल्टिप्लेक्समा पनि फिल्म हेर्ने अडियन्सको संख्यामा वृद्धि हुँदै गएको काठमाडौं भ्यालीका वितरक गोपाल कायस्थले जानकारी दिए । …शनिवार देशैभर हाउसफूलको रिपोर्ट प्राप्त छ ।’ वितरक कायस्थले भने । 
वितरक कायस्थका अनुसार शनिवार बिहानैदेखि गोपीकृष्णका २ वटा पर्दा र अष्टनारायणको हजार सिट संख्याको हल हाउसफूल रहे । राजधानीका अन्य गुण, गंगा जस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हलमा पनि फिल्मले पकड जमाएको छ । दर्शकको उत्साहजनक उपस्थितिका कारण दोस्रो सातामा राजधानीका मल्टिप्लेक्सले ‘मंगलम’ लाई थप शो उपलब्ध गराएका छन् । शनिवार राजधानीका विभिन्न हल पुगेर फिल्मका कलाकारले दर्शकसँग प्रत्यक्ष भेटघाट गरे । सँगै बसेर फिल्म हेरे भने भ्याएसम्म दर्शकसँग सेल्फी पनि खिचे । 
नवल नेपाल निर्देशित तथा छविराज ओझा निर्मित उक्त फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाइ, नीर शाह, मिथिला शर्मा लगायतका कलाकारहरुको पनि अभिनय छ । 
यता पञ्चायतले पनि दर्शककाे राम्रै साथ पाएकाे छ । त्यसाे त प्रिमयरमा  माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालदेखि एमाले वरिष्ठ नेता झलनाथ खनालसम्मले तारिफ गरेकाे चलचित्रलार्इ दर्शकले नरूचाउने कुरै भएन । पञ्चायत कालीन एक घटनालार्इ चलचित्रमा देखाइएकाे छ ।