चलचित्र

मंगलमबाट पुष्प मालामाल

काठमाडाैं, ४ चैत । म्यूजिक भिडियोबाटै दर्शककाे मन जितेका पुष्प खड्का नयाँ चलचित्र मंगलमबाट पुनः एकाएक चर्चामा अाएका छन् । ३ सयभन्दा बढी भिडियोबाट ब्रान्ड बनिसकेका पुष्प यतिबेला काँचको पर्दामा आफूलाई स्थापित गर्न लागी परेका छन् । 
सानोतिनो भूमिका भएपनि उनको डेब्यु फिल्म ‘अझैपनि’ हो । तर पनि उनले चलचित्रबाट चाहेकाे पाएका थिएनन् । अब भने उनकाे चाहना पूरा हुँदैन । छविराज ओझाको ब्यानरसँग जाडिए पछि उनकाे गति उकालाे लाग्न थालेकाे हाे । राजेश हमालदेखि आर्यन सिग्देलसम्मलाई स्टार बनाएको ब्यानरले आफूलाई पनि ठूलै सफलता दिलाउने अभिलासासहित उनले ‘मंगलम’ साइन गरेका थिए । 
यतिबेला यो फिल्म दोस्रो हप्तामा सिनेमा घरमा सफलतापूर्वक  चलिरहेको छ । अभिनेता पुष्पका लागि भने यो फिल्म करिअरको टर्निङ प्वाइन्ट बनेको छ । उनको अभिनयको यतिबेला सर्वत्र तारिफ भइरहेको छ । 
श्रीमान-श्रीमतीवीचको प्रेम बोल्ने फिल्ममा पुष्पले आफ्नो तर्फबाट ‘बेष्ट’ दिन चुकेका छैनन् । धेरैले उनलाई अबको ‘स्टार’ अभिनेताको रुपमा समेत हेर्न थालेका छन् । ‘मंगलम’ ले उनलाई ठूला ब्यानरका लागि बाटो समेत खोलिदिएको छ ।