चलचित्र

करिश्माको व्यस्तता बढ्यो

काठमाडौं, २१ फागुन । नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायिका करिश्मा मानन्धर पुनः चलचित्र क्षेत्रमा सक्रिय बनेकी छिन् । उनी लामो समय चलचित्र क्षेत्रबाट टाढा रहेपनि अहिले आफ्नो पछिल्लो चलबचित्र हिरोजको प्रमोशनमा जुटेकी छिन् । हालै आफ्नै घरमा आयोजना गरेको होली कार्यक्रममा समेत चलचित्रका विषयमा उनले कलाकार तथा दर्शकसँग कुरा राखेकी थिइन् । 
पछिल्लो समय राजनीतिमा सक्रिय हुँदा उनी चलचित्रमा देखिएकी थिइनन् । तर, अब उनी पुनः चलचित्रमा सक्रिय हुने छनक देखाएकी छिन् । त्यसो त उनलाई राम्ररी थाहा होला चलचित्र क्षेत्रले नै उनलाई यो स्थानमा पु¥याएको हो । 
उनको अभिनय रहेको चलचित्र हिरोजको आइतबार राजधानीमा एक कार्यक्रमको बिच ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलर सार्वजनिक कार्यक्रममा समेत उनको प्रस्तुति निकै फरक देखिन्थ्यो ।  चलचित्र चैत २३ गतेदेखि प्रदर्शनमा आउनेछ । 
नायिका तथा निर्मात्री पूर्णिमा लामा प्रेसमिटमै रुदै चलचित्र निर्माणमा आफुलाई सहयोग गर्ने एक एक व्यक्तिको नाम लिएकी थिन । ‘एउटा फिल्म बनाउँदै धेरै फिल्म बनाएको जस्तो अनुभव गर्न पाएँ, रुदै पूर्णिमाले भनिन्, ज जसो तसो गरी फिल्म बनाएको छु । जस्तो छ हेरिदिनु हुन् अनुरोध गरेकी छिन् ।’
यता लामो समयपछि फिल्ममा अभिनय गरेकी अभिनेत्री करिश्मा मानन्धरले हिरोजको स्क्रिप्ट फरक रहेको दाबी गरिन् । युवा बेरोजगारको विषयमा बनेको फिल्म करिश्माको भनाई थियो । चलचित्रमा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल,संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले अभिनय गरेका छन् । जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा छिन् भने निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा छन् ।