चलचित्र

मनिषाले देखिन् कलाकारितामै भविष्य

काठमाडौं, २८ माघ ।  नेपाली संगीत तथा कलाकारिताको क्षेत्र फराकिलो बन्दै गइ रहेको बेला  यस क्षेत्रमा युवा पुस्ताको आकर्षण पनि बढेको छ । वर्र्षमा हजारौं युवाहरु कलाकारिताको मोह पालेर यस क्षेत्रमा होमिने भए पनि संघर्ष र कुशल कार्यशैलीको अभावमा अलपत्र पर्ने गरेका छन् । तर, केही त्यस्ता प्रतिभा पनि यही क्षेत्रमा छन् जसले छाटो समयमै ठूलो फड्को मार्ने गरेका छन् । उनीहरुले आफ्नो भविष्य पनि कलाकारितामै देखेका हुन्छन् । 
विगत केहि वर्षदेखि कलाकारितामा आफ्नो भविष्य बनाउने उद्देश्यकासाथ मनिषा पाण्डेले पनि संघर्ष गर्दै आएकी छिन् । बर्दिया घर भइ हाल काठमान्डौ स्थायी बसोबास गर्दै आएकी मनिषाले हालसम्म करिब आधा दर्जन जति म्युजिक भिडियोमा आफ्नो अभिनय पस्किसकेकी छिन् । म्यूजिक भिडियोका अलावा उनी चाँडै ठूलो पर्दाको चलचित्रमा समेत देखिँदैछिन् । लोक तथा आधुनिक गीतको भिडियोमा ब्यस्त बन्दै गरेकी मनिषा निरन्तर यसै क्षेत्रमा लागि परि रहने बताउछिन् । उनी भन्छिन्– ‘यस क्षेत्रमा केही व्यक्तिहरु नराम्रा भए भन्दैमा सबै क्षेत्र लाई नै नराम्रो भन्न मिल्दैन, आफ्नो कामलाई म संधै पूजा गर्छु ।’ जीवन भनेकै संघर्ष हो संघर्ष त गर्नु नै पर्छ, संघर्षविना सफल हुन नसकिने उनको बुझाइ छ ।
मेहनती र लगनशीलताका साथ काम गरे यो क्षेत्रबाट पनि नाम र दाम कमाउन सकिने उनको तर्क छ । आफूलाई धेरै ठाउँबाट भिडियो खेल्ने अफर आउने गरेको भए पनि राम्रो अनि समाजमा पच्ने खालको मात्र भूमिकामा अभिनय गर्ने गरेको उनले बताइन् ।