चलचित्र

सारासँग सलोनको रोमान्स !

काठमाडौं, ७ माघ ।  संचारकर्मी सुव्रतराज आचार्यले निर्देशन गर्न लागेको चलचित्र ‘सुश्री सम्पत्ती’मा सलोन बस्नेत र सारा सिर्पालीको मुख्य अभिनयर रहने भएको छ । यस अघि चलचित्र ‘अधकट्टी’ निर्देशन गरेका रंग पत्रकार सुव्रतराजले ‘सुश्री सम्पत्ती’ चलचित्रको निर्देशन गर्न लागेका हुन् ।
सामाजिक कमेडी कथामा बन्न लागेको चलचित्र ‘सुश्री सम्पत्ती’मा सलोन र सारा अनुवन्धित भएका छन् । सलोनले रुद्र र ‘पिजडा ब्याक अगेन’की नायिका सारा सिर्पालीसग यस चलचित्रमा रोमान्स गर्ने भएका छन् । युवा पुस्तामा निकै चर्चित नायक सलोन बस्नेतको नया चलचित्र ‘बाबु कान्छा’ प्रदर्शन तयारीमा रहेको छ ।
फागुनमा छायांकन गरिने ‘सुश्री सम्पत्ती’रमेश त्वयनाले गर्ने भएका छन् चलचित्रमा सलोन र सारासँगै विनोद न्यौपाने, प्रमोद अग्रहरि, विशारद बस्नेत, राजाराम पौडेल, प्रेमबर्षा खड्का र रोशनी कार्की मुख्य भूमिका रहनेछ । चलचित्रमा अर्जुन तिवारीको छायांकन, सुरेश अधिकारीको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहनेछ । चलचित्रको सम्पूर्ण छायांकन पोखरामा हुने निर्देशन सुव्रतराज आचार्यले जानकारी दिएका छन् ।