राजनीति

२ नम्बरमा ५ पार्टीबीच तीव्र प्रतिस्पर्धा

काठमाडौं, ४ असोज ।  स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत २ नम्बर प्रदेशको मतदान सकिएसँगै मतगणनाको प्रारम्भिक नतिजा आउन थालेको छ । मतगणना भएका स्थानीय तहमा शुरुआती परिणाम मिश्रितरुपमा आएको छ ।
जसमा कांग्रेस, एमाले, राजपा नेपाल, माओवादी केन्द्र र संघीय समाजवादी फोरमका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । २ नम्बर प्रदेशका वीरगञ्ज महानगर, जनकपुरसहित कलैया र जितपुरसमिरा उपमहामनगरको नतिजा कसको पक्षमा आउने हो सवत्र चासो बढिरहेको छ । निर्वाचन आयोगले चुनाव सकिएको पाँच दिनभित्र सबै तहको मत परिणाम सार्वजनि गर्ने जनाए पनि मत गणना निकै सुस्त गतिमा अघि बढीरहेका कारण सबै तहको मत परिणाम आउन समय बढी लाग्ने अनुमान गरिएको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेस  शीर्ष स्थानमा उसले २५ ठाउँमा अग्रता लिएको छ भने दोस्रो नम्बरमा नेकपा एमाल १८ तहमा अगाडि छ । त्यस्तै समाजवादी फोरमले १६ स्थानमा अग्रता लिइरहँदा माओवादी केन्द्र चौथो स्थानमा रहँदै १४ तहमा अगाडि देखिएको छ । राष्ट्रिय जनता पार्टीले ११ तहमा अग्रता लिएको छ ।