चलचित्र

चलचित्र ‘कीर्तिपूर’ न्यूयोर्कमा प्रदर्शन

न्यूयोर्क । नेपाली ऐतिहासिक चलचित्र ‘कीर्तिपूर’ न्यूयोर्कको ज्याक्सन हाईटमा प्रदर्शन भएको छ । नेवाः गुठी अमेरिकाले ज्याक्सन हाईटस्थित शेर्पा किदुकको हलमा आईतबार चलचित्र प्रदर्शन गरेको हो । चलचित्र ‘कीर्तिपूर’ हेर्नका लागि एक सय जनाभन्दा बढि उपस्थित भएका थिए । नेवाः गुठी अमेरिकाका अध्यक्ष धर्मेन्द्र गोपालीले दर्शकहरुको उल्लेख्य उपस्थितिका कारण चलचित्र प्रदर्शन सफल भएको बताउनु भयो । उहाँले इतिहासको वास्तविकता उजागर गरेको चलचित्र ‘कीर्तिपूर’ ले थोरै भए पनि वास्तविकतालाई आम मानिससम्म पु¥याउन सफल भएको बताउनु भयो । चलचित्र प्रदर्शनका लागि आदिवासी जनजाति महासंघ अमेरिकाले सहयोग गरेको थियो ।
स्व.बासुपासाद्वारा रचित ‘भैरवसिंह’ नामक ऐतिहासिक उपन्यासमा आधारित चलचित्र ‘कीर्तिपुर’ द लिजेन्ड अफ कीर्तिलक्ष्मीलाई तथ्यसंगत बनाउन लिखित प्रमाणहरु चलचित्रको शुरु मै प्रस्तुत गरिएको छ । ए्ेतिहासिक कालखण्डमा प्रकाशन भएका विभिन्न देशी विदेशी लेखकका दस्ताबेजसहितको पुस्तकलाई समेत चलचित्रको आधार बनाइएको छ ।
चलचित्र कीर्तिपुरमा हिसिला महर्जन, मणिराज लवट, यशराज गराच, सुशील राजोपाध्याय, लक्ष्मी गिरी, मदनदास श्रेष्ठ, सुरवीर पंडित, अन्जला नकर्र्मी, मञ्जु श्रेष्ठ, विनोद श्रेष्ठ, संजय शर्मा लगायतका कलाकारहरुको मूख्य भूमिका रहेको छ ।
प्रदीप खड्गीले निर्माण गरेको उक्त चलचित्र फोकस पिक्चर्सको व्यानरमा निर्माण गरिएको हो । चलचित्रमा हरिशरण सायमिको संगीत रहेको छ भने यसका कार्यकारी निर्माता विरेन्द्र ताम्राकार हुन् । त्यस्तै यसका निर्माता प्रेम खड्गी र अनन्त श्रेष्ठ हुन् । चलचित्रमा उदय श्रेष्ठले द्वन्द्व निर्देशन गरेका छन् । 
यो चलचित्रले चार महिनासम्म सेन्सर सम्बन्धिको समस्या झेलेको थियो । देशको तरल राजनीतिक घटनाक्रम र शाह वंश केन्द्रीत गरेर निर्माण भएको चलचित्र भएर पनि सेन्सरको समस्या झेल्नु परेको निर्माण पक्षको भनाई छ ।