राजनीति

८ वर्षपछि स्ववियु चुनावः नेबिसंघले उछिन्यो अखिललाई

काठमाडौं-  त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा बुधबार भएको स्ववियु निर्वाचनको पछिल्लो मत परिणाम अनुसार नेविसंघको अग्रता कायम राखेको छ । त्रिविका ठूला र आंगिक क्याम्पसमा विभिन्न संगठनका अवरोधले निर्वाचन हुन नसके पनि तुलनात्मक रूपमा कम विद्यार्थी भएका क्याम्पसको परिणाममा नेबिसंघले बर्चस्वा कायम गरेको हो । 
बुधबार राति १२ बजेसम्मको परिणामअनुसार कांग्रेसनिकट नेविसंघले ८४ क्याम्पसमा अध्यक्ष जितेको महामन्त्री सरोज थापाले दाबी गरे । त्यस्तै एमालेनिकट अनेरास्ववियुले ८० क्याम्पसमा अध्यक्ष जितेको प्रवक्ता सुदीप शर्माले बताए । त्यस्तै माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतका अनुसार उनको संगठनले ४३ क्याम्पस जितेको छ । उपत्यकाका तीन आंगिक क्याम्पसको परिणाम सार्वजनिक हुँदा तीन ठूला संगठनले एक–एक क्याम्पस जितेका छन् । 
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अखिल क्रान्तिकारी, जनप्रशासनमा नेविसंघ र महाराजगञ्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियु बिजयी भएका छन् । त्रिविका ६० वटा आंगिक क्याम्पस मध्ये उपत्यका सात र उपत्यका बाहिर गरी २१ वटामा मतदान सम्पन्न भएको छ । 

रत्नराज्य र शंकरदेवमा २३ फागुनमा निर्वाचन
धेरै मतदाता रहेका रत्नराज्य र शंकरदेव क्याम्पसमा २३ फागुनमा स्ववियु चुनाव हुने भएको छ । क्याम्पस प्रमुख डा। निर्मलाकुमारी सुवालले सूचना निकालेले चुनावबारे जानकारी गराएकी हुन् । पूवर्ग्ठित निर्वाचन समितिले नै चुनाव गर्ने उनले जनाएकी छिन् । यसअघि १८ फागुनमा हुने भनिएको चुनाव तालाबन्दी तालाबन्दी, झडप र आगजनीका कारण स्थगित भएको थियो ।
विद्यार्थीले प्रशासनमा तालाबन्दी गरेका कारण क्याम्पसको लेटरप्याडमा विज्ञप्ती जारी गर्न नसकिएको बताइएको छ । नेविसंघ, अखिल क्रान्तिकारी विप्लव, अखिल क्रान्तिकारी बैद्य, संघीय समाजवादी फोरम, नयाँ शक्ति, अखिल ९छैठौं० लगायतले क्याम्पसमा तालाबन्दी गरेका छन् । शंकरदेव क्याम्पसमा २३ फागुनमा स्ववियु चुनाव गर्ने सर्वपक्षीय सहमति भएको छ । क्याम्पस प्रमुख कृष्ण आचार्यका अनुसार सर्वपक्षीय सहमति भएर नया“ कार्यतालिकासमेत सार्वजनिक भएको छ । १८ फागुनमा उम्मेदवारी मनोनयन गर्ने, १९ फागुनमा दावी विरोध सहित अन्तिम नामावली प्रकासित गर्ने कार्यक्रम छ । केहि विद्यार्थी संगठनले सर्वपक्षिय छलफलमा नया“ मतदानको मितिमा सहमति गरेर बाहिर निस्केपछि त्यसको बिरोध गरेका छन् । 

पोखराको पृथ्वीनारायण क्याम्पसको २५ गते चुनाव
यसैबीच, पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचन फागुन २५ गते हुने भएको छ । तालाबन्दीका कारण निर्वाचन तालिका अनुसार बुधबार रोकिएको पोखराको पृथ्वीनारायण क्याम्पसको मतदान फागुन २५ गते हुने भएको हो । 
क्याम्पस प्रशासनले सूचना निकालेर नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको छ । क्याम्पसको बुधबार बसेको बैंठकले निर्वाचनको नयाँ मिति तय गरेको क्याम्पस प्रमुख देवेन्द्रबहादुर लामिछानेले बताउनुभयो ।
उम्मेदवारको नामावली प्रकाशित गर्न फागुन १९ गते दिउँसो १ बजेको समय तोकिएको छ । उम्मेदवारको नाम फिर्ता लिन फागुन २० गते बिहान ११ बजेदेखि दिउँसो ४ बजे सम्मको समय तोकिएको छ । फागुन २२ गते दिउँसो तीन बजे उमेदवारको अन्तिम नामावली प्रकाशित गरिने र २५ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।