राजनीति

राप्रपाको केन्द्रीय सदस्यमा कसले कति मत ल्याए ?

काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको निर्वाचनमा पूर्व मन्त्री बुद्धिमान तामाङले सर्वाधिक मत ल्याएका छन्। उनले बुधबार बिहान सम्पन्न निर्वाचनको मतगणनामा केन्द्रिय सदस्यको खुलातर्फ १ हजार ९ सय २८ मत प्राप्त गरे। मंगलबारदेखि सुरु भएको मतदानमा कूल २८ सयले मतदान गरेका थिए। मतदान इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिएको थियो।
केन्द्रीय सदस्यको खुलातर्फ दोस्रो नम्बरमा विक्रम पाण्डे रहे। उनले १ हजार ९ सय २६ मत प्राप्त गरे। तेस्रो नम्बरमा गायिका कोमल वली रहिन। उनले १ हजार ८ सय ५७ मत पाइन। चौथो नम्बरमा धवलशमशेर राणा रहे। उनले १ हजार ७ सय ३९ मत प्राप्त गरे। राजेन्द्र लिङ्देलले १ हजार ६ सय ६४ मत प्राप्त गरे। उनी पाँचौ नम्बरमा रहे।
केन्द्रीय सदस्य पदमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र स्वर्गीय सूर्यबहादुर थापाका दुवै छोरा पनि विजयी भए। आफ्नो पिताको आर्शिवादले मन्त्री भइसकेका यी दुवै प्रधानमन्त्री पुत्रले राम्रो मत ल्याएका थिए।
जयन्त चन्दले १ हजार ५ सय ८९ मत प्राप्त गरे। उनी खुलातर्फ छैटौं नम्बरमा रहे। सातौ नम्बरमा जितेका सुनिल थापाले १ हजार ५ सय ५१ मत पाए। आठौ नम्बरमा राजीव पराजुली रहे। उनले १ हजार ५ सय ४२ मत पाए। नयाँ अनुहारको रुपमा रहेका प्रेम बलायरले १ हजार ४ सय ४९ मत ल्याएर सबैलाई चकित तुल्याए। उनी नवौं नम्बरमा रहे। 
पूर्व आइजिपी ध्रबबहादुर प्रधानले दसौं नम्बरमा १ हजार १ सय ८९ मत प्राप्त गरे।

खुलातर्फ ४० मध्ये २० मा परेका नेताहरूः
११. दीपक बहादुर सिंह– ११८३
१२.भुवन पाठक– ११७४
१३. गोबिन्दराज खनियाँ– ११६९
 १४. राजेश गिरी– ११२८
१५. विक्रमबहादुर थापा– १०९०
१६. दिलविकाश राजभण्डारी– १०९०
१७. रवीन्द्र प्रताप शाह १०६६
 १८. राजाराम श्रेष्ठ– १०५५
१९. प्रेमबहादुर भण्डारी– १०४२
२०. जगत गौचन– १०३३