राजनीति

स्ववियू चुनाव फागुन १८ मा, यस्तो भयो सहमति (पत्रसहित)

काठमाडौं– स्वतन्त्र विद्यार्थी यूनियनको चुनाव फागुन १८ गते गर्ने सहमति प्रमुख विद्यार्थी संगठनबीच भएको छ। विप्लव माओवादी समर्थित अखिल क्रान्तिकारीसहित असन्तुष्ट विद्यार्थी संगठनहरुसँग प्रमुख तीन दलका विद्यार्थी संगठनहरुले चुनाव सार्ने सहमति गरेका हुन्। यसअघि फागुन १४ गते निर्वाचनको मिति तोकिएको भए पनि १८ गते चुनाव गर्ने विद्यार्थी संगठनबीच सहमति भएको हो । 
त्रिवि उपकुलपति प्रा.डा. तीर्थ खनियाँसहित प्रमुख विद्यार्थी संगठनका प्रतिनिधिबीच किर्तिपुरस्थित त्रिवि स्मृति भवनमा बसेको बैठकले चुनाव पछि सार्ने निर्णय गरेको हो । सहमतिसँगै विप्लव माओवादी समर्थित अखिल क्रान्तिकारीले देशभर लगाएको ताला खोल्ने भएको छ । त्यस्तै क्रान्तिकारीले चुनवमा सहभागिता पनि जनाउने बताएको छ । 
केही विद्यार्थी संगठनले असहमति प्रकट गरेपछि शुक्रबार प्रमुख विद्यार्थी संगठनबीच अर्को बैठक बोलाइएको छ। शुक्रबार बस्ने बैठकले चुनावको टुंगो लगाउनेछ । 
यस्तो छ सहमति पत्र