राजनीति

‘संसोधन विधयेक थाँती राखेर निर्वाचनमा केन्द्रित’

काठमडौं– संविधान संशोधनबारे विमति राख्दै आएका दलहरु स्थानीय निकायको निर्वाचनका लागि भने एकजुट भएका छन् । प्रमुख तीन दलको बैठकले संविधान संसोधन विधयेक थाँती राखेर निर्वाचनमा केन्द्रित हुने सहमति गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निर्वाचनमा जाने विधि र प्रक्रियाका विषयमा पुनः छलफल सुरु गरेको हो । छलफलमा २०७४ साल माघ ७ गते भित्र तीनै तहको निर्वाचन कसरी सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गाविन्द आचार्यले जानकारी दिए ।  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्तावलाई पारित गरेर स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न उपयुक्त हुने बताए पनि प्रमुख प्रतिपक्ष एमालेले भने निर्वाचन गराउने बाहेकका अन्य कुनै पनि कार्यभार आफनो पार्टीलाई मान्य नहुने चेतावनी दियो । 
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली लगायत अन्य शीर्ष नेताहरु सहभागी थिए । प्रधानमन्त्री प्रचण्डको आहृवानमा बालुवाटारमा बसेको कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठकमा आगामी मंसिरभित्र तीनै तहको निर्वाचन गर्ने सैद्धान्तिक सहमति जुटेको छ । संविधानले माघ ७ को समयसीमा दिएपछि व्यवहारिक रुपमा मंसिरभित्रै तीन वटा चुनाव गर्नु पर्ने तीन दलको निष्कर्ष छ । ‘तीन वटै चुनाव मंसिरभित्र सहमत गर्न दलहरु सहमत भएका छन्, एमाले उपनेता सुवास नेम्वाङले भने ।

बैठकमा अबस्थानीय तहकै गर्ने सहमति भएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले आगामी वैशाखभित्र चुनाव गर्न सकिने बताएका थिए । यसका लागि अबको ३–४ दिनभित्र निर्वाचनसम्वन्धी विधेयक पास गर्ने सहमति भएको छ ।लगतै सरकारले स्थानीय चुनावको मिति घोषणा गर्नेछ । विधेयक पास भएपछि चुनावको मिति घोषणा गर्ने सहमति भएको छ, माओवादी नेता नारायणकाजी श्रेष्ठले भने । स्थानीय तहको चुनाव घोषणा गर्नुअघि मधेसी मोर्चासँग सहमति जुटाउन सरकारले सम्वाद गर्नेछ । मधेसी मोर्चाले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन अस्वीकार भएको बताइसकेको छ । र, उसले संविधान संशोधन नभएसम्म चुनाव हुन नदिने चेतावनी पनि दिँदै आएको छ । तीन दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चालाई सहमतिमा ल्याउन राष्ट्रपति चयनका लागि गाउँपालिका र नगरकालिकाका प्रमुख र उपप्रमुखले पनि भोटिङ संवैधानिक व्यवस्था संशोधनको प्रस्ताव राखेका छन् ।

संविधान संशोधनबारे दलहरुबीच सहमति जुट्न नसकेपछि निर्वाचन विधेयक पारित गरी निर्वाचन मिति घोषणा गर्ने र आगामी मंसिरभित्रै तीनै तहको निर्वाचन गर्ने प्रमुख दलका शीर्ष नेताहरुले सहमति गरेका हुन् । बैठकमा एमाले नेताहरुले भने यसबारे अध्ययन गर्छौं भनेको माओवादी प्रवक्ता पम्फा भुसालले बताइन् । संविधान संशोधनबारे भने सत्तारुढ र विपक्षी दलहरु आ आफ्नै अडानमा रहे । विपक्षीले एमालेले संशोधन फिर्ता लिन माग गरेपनि सत्तारुढ दलहरुले अस्वीकार गरेका छन् ।