राजनीति

मन्त्रिपरिषद् बिस्तार गर्ने सरकारको तयारी

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् बिस्तारको तयारी थालेका छन्। युएई भ्रमणबाट स्वदेश फर्किए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने चर्चा चलिरहेका बेला स्वदेश फर्किएको भोलिपल्ट नै मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन् ।
उनले आफैले चलाइरहेका खानेपानी तथा सरसफाइ र महिला बालबालिका मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न लागेको बुझिएको छ । प्रधानमन्त्रीका सचिवालयअनुसार समाज पार्टीका सांसद प्रेमबहादुर सिंह र अखण्ड नेपालका सांसद कुमार खड्कालाई मन्त्री नियुक्त गर्ने तयारी भएको छ। सिंह खानेपानी तथा सरसफाइ र खड्का बालबालिका तथा समाजकल्याणमन्त्री बन्ने तयारीमा छन्। मन्त्रिपरिषद् विस्तारपछि ४३ सदस्यीय मन्त्रिपरिषद् हुनेछ ।