राजनीति

आयोगको प्रतिवेदनकै आधारमा स्थानीय तहको निर्वाचनः पोखरेल

विराटनगर– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले निर्वाचनका लागि आवश्यक कानुनको पनि निर्माण नभएका अवस्थामा निर्वाचनको तिथि घोषणा गर्दैमा निर्वाचन हुन नसक्ने बताएका छन्। संविधान संशोधनको प्रस्ताव सम्बन्धमा पार्टीको पुरानै अडान कायमै रहेको उनले बताए।
भने, ‘निर्वाचन गराउने सरकारको मनशायले सरकारले विधेयक ल्याएको हो।' सरकारले निर्वाचन गराउन चाहेको भए संशोधन विधेयक फिर्ता लिनुपर्ने उनले बताए। 'संविधान निर्माणको बेलामा जसरी प्रमुख तीन दलबीच एकता थियो सोहीअनुरुपको एकता संविधान कार्यान्वयनका लागि पनि हुनुपर्छ', उनले भने। स्थानीय निकाय पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदनकै आधारमा स्थानीय तहको निर्वाचन हुनुपर्नेमा उनको जोड थियो।