राजनीति

सर्वोच्चद्वारा अख्तियार प्रमुख कार्कीको नियुक्ति बदर

काठमाडौं- सर्वोच्च अदालतले अख्तियार प्रमुख कार्कीको नियुक्ति बदर भएको फैसला गरेको छ। सर्वोच्चले राष्ट्रपति र संवैधानिक परिषदलाई अब योग्यता पुगेको व्यक्तिलाई अख्तियार प्रमुखमा सिफारिस र नियुक्ति गर्नू भनेर आदेश दिएको छ।
सर्वोच्च अदालतले सुरूमा अर्यालको रीट खारेज गरेको थियो। पछि प्रधानन्यायाधीश सुशीला कार्कीलगायतको बेन्चले उक्त मुद्दा ब्युताएर सुनुवाई हुने निर्णय दिएको थियो।
निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरूद्धको मुद्दामा सर्वोच्च अदालतमा केहीबेर अघि सुनुवाई सकेको सर्वोच्चले उनको नियुक्ति बदर गरेको हो।
अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीको नियुक्ती संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा रीट निवेदन दायर गरेका थिए।