राजनीति

संसद अवरोध हटाउन सभामुखको परामर्श

काठमाडौं– संविधान संशोधन प्रस्तावलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन सुचारू हुन नदिएपछि संसद अबरोध खुलाउने बिषयमा सभामुख ओनसरी घर्तीले प्रमुख तीन दल नेपाली काग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुसँग परामर्श गरेकी छन् ।
नयाँ वानेश्वरस्थित संसद भवनमा सभामुख घर्तीले संसद अबरोध खुलाउने बिषयमा तीन दलका नेताहरुसँग छलफल गरेकी हुन् । कार्यव्यबस्था परामर्श समितिको बैठकमा सहमति जुट्न नसकेपछि तीन दलका शीर्ष नेताहरुसंग छलफल थालिएको हो ।
संविधान संशोधन विधेयक फिर्ता लिनु पर्ने मागगर्दै विपक्षी दलहरुले संसद अबरोध गर्ने बताएपछि सभामुखले तीन दलका नेताहरुसँग छलफल डाकेकी थिइन् । त्यसअघि बसेको कार्यव्यबस्था समितिको बैठकमा विपक्षी दलले संसद् अबरोध कायम राख्ने बताएको नेमकिपा सांसद प्रेम सुवालले जानकारी दिए ।
आइतवारको बैठकमा सरकारले संविधान संशोधन विधेयक टेवल गर्ने कार्यसूची छ । यसअघि सहमतिको पहल गर्नको लागि भन्दै संसदको बैठक सूचना मार्फत आइतबार सम्मका लागि स्थगित भएको थियो ।

२४ पुस २०७३ ।