राजनीति

संविधान संशोधनको प्रस्ताव अघि बढाउने सहमति

काठमाडौं–  नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाको संयुक्त बैठकले २४ पुष मा संविधान संशोधनको प्रस्तावलाई संसदमा छलफलका लागि अगाडि बढाउने समझदारी भएको छ। बिहिबार तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो।
संसदमा संशोधनको प्रस्ताव छलफलमा गएसँगै परिमार्जन पनि गर्दै जाने सहमति बनेको सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए। एमालेसहित सरोकारवाल सबैसँग संशोधन प्रस्तावको बारेमा छलफल गर्ने निर्णय भएको छ, उनले भने, ‘हामीसँग अहिले नै दुई÷तिहाईका का लागि आवश्यक संख्या पुगिसकेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलको बैठक डाकेका थिए। संविधान संशोधन प्रस्तावबारे सर्वोच्च अदालतले गरेको फैसलाले राजनीतिक गतिरोध अन्त्य गर्न सकारात्मक भूमिका खेलेको निष्कर्ष बैठकले निश्कर्ष निकालेको छ।
सरकारले संसदमा पेश गरेको संशोधन प्रस्तावलाई मधेशी मोर्चाले समर्थन गर्ने, सरकारले प्रस्ताव अघि बढाउन नेतृत्व लिने, स्थानीय तह पूनर्संरचना आयोगको प्रतिवेदन बुझेर छिटै निर्वाचनको प्रक्रियामा अघि बढ्ने समझदारी बनेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, मधेशी मोर्चाका नेता महन्त ठाकुर, सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमन, लगायतका शीर्ष नेताहरु उपस्थित थिए।