राजनीति

मन्त्रिपरिषद् बैठकले के निर्णय ग¥यो ?

काठमाडौं-  मन्त्रिपरिषद बैठकले तोकिएको समय अवधिभन्दा बढी काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । बैठकले समय अवधिभन्दा बढी समय काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।
मन्त्री परिषद बैठकले बहुप्रतिक्षित सहरी विकास समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुचना तथा संचारमन्त्री सुरेन्द्र कुमार कार्कीले बताउनुभयो ।
त्यसैगरी बैठकले सडक सुधारका लागि एसियाली विकास बैंकको २० अर्व २८ करोड ऋण स्विकार गर्ने निर्णय पनि गरेको छ । बैठकले बुढानिलकण्ठमा राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योगसेवा केन्द्र स्थापना गर्ने पनि निर्णय गरेको कार्कीले बताए ।
ताप्लेजुङ्गमा हत्या गरिएका बन रक्षक गणेशबहादुर शाहीलाई शहीद घोषणा गरी मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको मन्त्री कार्कीले बताउनुभयो । ‘कार्यक्षेत्रमा खटेको समयमा हत्या भएकाले उहाँलाई प्रकृया पु¥याएर शहिद घोषणा गर्ने निर्णय भएको छ’ कार्कीले भन्नुभयो । त्यस्तै खेल प्रशिक्षक बासुदेव भट्टराई र खेलकुद विकास समिति बाँकेका प्रमुख कर्णबहादुर खड्काको परिवारलाई पनि जनही १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

२१ पुस २०७३ ।