राजनीति

संसद बैठक सूचना टाँसेर स्थगित

काठमाडौं– दलहरुबीच सहमति हुन नसकेपछि सूचना टाँसेर संसद् बैठक स्थगित भएको छ। सभामुख ओनसरी घर्तीमगरले दिउँसो चार बजे बोलाइएको बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गर्न संसद सचिवालयलाई निर्देशन दिएकी छन्।
संशोधन संशोधन, महाअभियोग प्रस्ताव र निर्वाचन लगायतका सम्बन्धमा छलफल गर्न बसेको व्यवस्थापिका संसदको बैठकमा स्थगित भएको छ। बैठक सुरु हुनासाथ  विपक्षी दलले संसद अवरोध गरेपछि बैठक स्थगित भएको हो।
यसअघि संसदमा अवरोध भएपछि अर्को दिनका लागि बैठकको मिति तोक्ने गरिन्थ्यो। सभामुखले संसद बैठकलाई निरन्तरता दिने गरी नयाँ विधि अपनाएपछि बैठक ४ बजेसम्मका लागि मात्रै स्थगित गरिएको हो।
गत मंसिर १४ गते सरकारले संसदमा संविधान संशोधनको विधेयक पेस गरेपछि एमालेले संशोधन राष्ट्रहितमा नभएको भन्दै संसद अवरोध गर्दै आएको छ। पटकपटक तीन दलका शीर्ष नेताहरुबीच भएको छलफलबाट सहमति बन्न नसकेकोपछि संसद अवरोध हुँदै आएको हो।