चलचित्र

साम्राज्ञीको याे पहिरनले चर्चा कि अालाेचना ?

काठमाडौं-  ड्रिम्स नायिका साम्रज्ञी राज्य लक्ष्मी शाह अन्ततः दुबईमा पुगेर नागिंएकी छिन् । उलने नफ्टा अवार्डमा पुगेर आफ्नो संवेदनशील अंग देखिनेगरी लगाएको पहिरनले उनको आलोचना बढेको हो । दुबईको अवार्ड कार्यक्रममा सबैभन्दा खुलेर प्रस्तुत भएका कारण उनीप्रति ध्यान सबैको आकृष्ट भएको थियो । डेव्यू चलचित्र ‘ड्रिम्स’ ले नव–नायिका लाई राम्रै चर्चामा ल्यायो । चलचित्र ‘ड्रिम्स’ हेरेपछि दर्शकहरुले नायक अनमोल केसीको भन्दा बढी साम्राज्ञीको अभिनयलाई तारिफ गरे । त्यसको फलस्वरुप उनले यस बर्ष आयोजना भइरहेका नेपाली फिल्म अवार्डहरुमा नव–नायिकाको अवार्ड हात पारिरहेकी छिन् ।
अहिले साम्राज्ञीको खुसी हेर्दा यस्तो लाग्छ चलचित्र ‘ड्रिम्स’ ले उनको सफल नायिका बन्ने सपना पुरा गरिदिएको छ । साम्राज्ञी चाँडै चलचित्र ‘तिमीसँग’ को छायाँकनमा व्यस्त हुँदैछिन् भने उनी अभिनित दोस्रो चलचित्र ‘ए मेरो हजुर २’ यही बर्षको चैतमा प्रदर्शन हुँदैछ । नवौं नेफ्टा अवार्डमा सहभागी हुनका लागि दुबई पुगेकी उनले त्यहाँ चलचित्र ‘ड्रिम्स’ बाट नव–अभिनेत्रीको अवार्ड समेत उचालिन् । 
अवार्ड भन्दा चर्चा त अहिले उनको पहिरनलाई लिएर भएको छ । घुँडा माथिसम्म चिरिएको रातो रंगको गाउन लगाएकी साम्राज्ञीलाई उक्त पहिरनले चर्चा बटुलेको हो कि आलोचना बढेको हो त्यो ख्यास स्वयं साम्राज्ञीले नै गर्नुपर्ने हो । अवार्डमा सहभागी हुने क्रममा उक्त पहिरनमा ठाटिएकी साम्राज्ञीले कार्यक्रममा उपस्थित सबैको ध्यान खिचिन् । उनको पहिरन देखेर अवार्ड कार्यक्रममा पुगेका जो कोहिँको आँखा अडिएको थियो । उनले उक्त पहिरन लगाएको तस्बिरहरु आफ्नो फेसबुकमा अपलोड गरेकी छिन् ।  अधिकांस नायिकाहरु कामभन्दा चर्चा बढी कमाउनको लागि अनेक हर्कत गरिरहेको बेला नायिका शाहले पनि यस्तै हर्कत अपनाएको चलचित्रकर्मीको आरोप छ भने परिवर्तनलाई आत्मसात गरेको भन्नेहरु पनि भेटिन थालेका छन् ।