राजनीति

विरोधसभाको तयारीमा जुट्न कार्यकर्तालाई एमालेको निर्देशन

काठमाडौं– संविधान संशोधन प्रस्तावको विरोधमा काठमाडौंको भृकुटीमण्डपमा गर्न लागिएको विरोधसभाको तयारीमा जुट्ने नेकपा एमालेले आफ्ना जनसंगठनहरुलाई निर्देशन दिएको छ। एमाले प्रचार विभागले केन्द्रीय कार्यालयमा एक कार्यक्रम गरी तयारीमा जुट्न निर्देशन दिने निर्णय जानकारी गराइएको छ।

सचिव योगेश भट्टराईले पुस १५ गतेदेखि २० गतेसम्म पार्टीका गाउँ, नगर, वडा तथा टोलस्तरका कमिटी र जनसङ्गठनका जिल्ला भन्दा तलका सबै कमिटी र सबै जिल्ला तथा क्षेत्रीय सम्पर्क मञ्चका बैठक तथा भेला गरी तयारीका काम गरिने बताए। विरोधसभामा मोटरसाइकल र्‌याली र कोणसभा पनि गरिने छ।

विपक्षमा रहेका नेकपा एमाले, नेकपा माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल जनमुक्ति पार्टी (लोकतान्त्रिक), नेपाः पार्टी, मधेस समता पार्टी र दलित जनजाति पार्टीका अध्यक्षले हस्ताक्षर गरेको अपिल घररघर पु¥याउने योजना गरेको भट्टराईले बताएर संसदमा सरकारले दर्ता गराएको संशोधन प्रस्तावबिरुद्ध एमालेलगायत ९ दलले आगामी पुस २२ मा विरोधसभाको आयोजना गरेको छ।