राजनीति

राष्ट्रियताका पक्षमा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं– तीन कम्युनिस्ट पार्टीबीच कार्यगत एकता भएको छ। मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा मसाल, मोहन वैद्य ‘किरण’ले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेकपा माओवादीबीच कार्यगत एकता गर्ने निर्णय भएको हो।
तीन पार्टीले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रियताको पक्षमा पौष १६ गतेदेखि २९ गतेसम्म विभिन्न संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ। जसअन्र्तगत पौष १६ गते काठमाडौंमा अन्तरक्रिया र पौष २२ गते अपरकर्णाली परियोजनाविरुद्व सुर्खेतमा विशाल जनप्रर्दशन गर्ने भएको छ।
त्यस्तै पौष २५ गते अरुण ३ परियोजनाविरुद्व संखुवासभामा जनप्रर्दशन गर्ने र पौष २९ गते विराटनगरमा अनधिकृत रुपमा बसिरहेको भारतीय काउन्सिलर कार्यालयविरुद्व जनप्रर्दशन गर्ने भएको छ। कम्युनिस्ट नेताहरुमध्ये सबैभन्दा पाका कम्युनिस्ट नेता सिंह र मोहन बैद्य सहित विप्लव नेतृत्वको माओवादीबीच भएको कार्यगत एकता राष्ट्रियताको मुद्धामा समान विचार भएकाले सम्भव भएको जनाइएको छ।