राजनीति

महन्थलाई लिएर बाबुराम बालुवाटार पुगेपछि...

काठमाडौं– नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराई र तमलोपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेटवार्ता गरेका छन् । दाहाललाई भेट्न पूर्वप्रधानमन्त्री भट्टराई मधेसी मोर्चाका नेता ठाकुरलाई लिएर बालुवाटार पुगेका हुन् । यसअघि उनले मधेसी मोर्चाका अर्का नेता उपेन्द्र यादवसहित प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।
भेटमा भट्टराई र ठाकुरले संविधान संशोधन अघि बढाउन माग गरेका छन् । यसलाई थाँती राखेर चुनावको घोषणा गरे आन्दोलन चर्काउने दुबै नेताको चेतावनी थियो । भट्टराईले बिहीबार मात्र मधेसी मोर्चाका नेताहरुलाई भेटेका थिए र यदि पुरानै स्थानीय निकायको चुनाव गरे अस्वीकार गर्दै आन्दोलन गर्ने प्रस्ताव गरेका थिए । उक्त बैठकको सहमति अनुसार नै संशोधन स्थगित र चुनावबारे धारणा बुझ्न भट्टराई ठाकुरले प्रचण्लाई भेटेका हुन् ।
भेटमा प्रधानमन्त्री प्रचण्डले भने संशोधन फिर्ता नहुने तर, संसदीय प्रक्रियामा गएर परिर्माजन हुन सक्ने बताएका छन् । भेटमा पूर्व प्रधानमन्त्री भट्टराई पुरानै संरचनाको चुनाव गर्नु प्रतिगमनकारी बाटो हुने भन्दै प्रधानमन्त्री प्रचण्डलाई सचेत गराएका छन् ।

२ पुस २०७३ ।