राजनीति

प्रचण्ड–वैद्य भेटको वास्तविक तथ्य खुल्याे

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आइतबार बिहान क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले भेटघाट गरे । उक्त भेटलाई लिएर प्रचण्डको जन्मदिनको शुभकामना दिन वैद्य बालुवाटार पुगे भनेर समाचारहरु सार्वजनिक भए ।

उक्त विषयलाई अध्यक्ष वैद्यले संयोग मात्र भएको बताएका छन् । तर, वास्तविकता भने अर्कै रहेको तथ्य खुलाएका छन् । वास्तविकतालाई प्रधानमन्त्रीको सचिवालयले गलत प्रचार गरेको नेकपा वैद्य‘ले दावी गरेका छन् । माओवादी केन्द्र र क्रान्तिकारी माओवादीका कार्यकर्ताहरुबीच कुपण्डोल कार्यालयका विषयमा देखिएको विवादलाई लिएर प्रधानमन्त्री दाहाललाई आफूले भेटेको स्पष्ट पारेका छन् ।

भेटमा पार्टी एकताको विषयमा कुनै कुरा नभएको र दाहालको जन्मदिनको बारेमा पनि आफू अनभिज्ञ रहेको बताएका छन् । उनले भने–“कुरै नभएको र भन्दै नभनेको विषयलाई प्रधानमन्त्रीको सचिवालयले गतल प्रचार ग¥यो र भ्रम छर्न खोज्यो” । उनले भने, ‘प्रचण्डसँग मेरो पार्टी एकताको विषयमा पनि कुरा भएको छैन र उनलाई मैले जन्मदिनको शुभकामना पनि दिएको छैन । यो सबै नियोजित प्रचार हो । यसको म खण्डन गर्छु ।’ कुपण्डोल कार्यालयको विषयमा बादलसमेतको उपस्थितिमा कुरा गरेर विवादलाई टुंगो लगाउने कुरा भएको पनि वैद्यले जानकारी दिएका छन् । 

२७ मंसिर २०७३ ।