राजनीति

प्रचण्ड र वैद्यबीच वालुवाटारमा भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरणले जन्मदिनको शुभकामना दिएका छन्। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले शुभकामना दिएका हुन्।
२०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरीमा बुवा मुक्तिराम दाहाल र आमा भवानी दाहालको कोखबाट जन्मिएका प्रधामन्त्री दाहाल ६२ वर्षमा प्रवेश गरेका छन्। वैद्यले पहिलो संविधान सभा विघटन पश्चात तत्कालीन एकिकृत नेकपा माओवादीबाट विभाजन भइ क्रान्तिकारी माओवादी पार्टी गठन गरेका छन्। हाल उनी सोही पार्टीका अध्यक्ष रहेका छन्। भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो।
सो अवसरमा प्रधानमन्त्री दाहालले नेता वैद्यलाई धन्यवाद दिँदै समसामयिक राजनीतिक विषयमा सरकारले लिएका निर्णयहरुबारे अवगत गराएका थिए । 
२६ मंसिर २०७३ ।