राजनीति

भ्रष्टाचारको निरोध समृद्धिको आधारः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारको निरोध नै समृद्धिको आधार भएको बताएका छन् । शुक्रबार भ्रष्टाचार विरुद्ध राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचारको निरोध नभएसम्म समृद्धि नहुने बताए ।
प्रधानमन्त्रीले भने‘ ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धिको पक्ष राष्ट«को हैसियतले नेपालले यस महासन्धिको कार्यान्वयन गर्ने बिषयलाई उच्च प्राथमिकता दिई कार्यान्वयन सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना २०६९ बनाई कार्यान्वयनमा ल्याएको छ।
भ्रष्टाचार नियन्त्रणमा प्रभाबकारिता बृद्धि गर्न नेपाल सरकारले भ्रष्टाचार विरुद्धको छुट्टै रणनीति तथा कार्ययोजना २०६५ समेत कार्यान्वयन गरिरहेको छ । सो महासन्धिका अधिकांश ब्यबस्थाहरुलाई हामीले आफ्नो कानूनहरुमा आन्तरिकीकरण गरिसकेका पनि छौं ।’
‘सार्बजनिक सम्पति हिनामिना भएकोमा भ्रष्टाचारको मुद्दा दायर गर्न कुनै हदम्याद नलाग्ने, भ्रष्टाचारको कसूरमा अदालतबाट दोषी ठहरिएको व्यक्ति सार्बजनिक पदमा निर्बाचित, नियुक्त वा मनोनीत हुन आजीवन अयोग्य हुने, त्यस्तो ब्यक्तिले सजायमा माफी वा छुट नपाउने जस्ता हाम्रा कानूनमा रहेका कतिपय ब्यबस्थाहरु सो महासन्धिको भन्दा पनि अझ बढी कठोर रहेको स्थितिमा भ्रष्टाचार बिरुद्दको हाम्रो बिधिशास्त्र धेरै बलियो र समृद्द छ। तथापि सो महासन्धिका केही मान्यताहरुलाई हामीले आफ्नो कानून प्रणालीमा स्थान दिन बाँकी नै छ ।’ प्रधानमन्त्रीले भने ।
उनले उक्त महासन्धिको सन्दर्भमा भ्रष्टाचार नियन्त्रण सम्बन्धी हाम्रा कानूनहरुलाई थप पुनराबोलोकन गरी महासन्धिको भाबना अनुसार, परिमार्जन र संशोधन गर्न तथा आबश्यक देखिएका कानूनहरुको निर्माण गर्न नेपाल सरकार प्रतिवद्ध र कृयाशील रहेको बताए ।
‘भ्रष्टाचारको प्रकृति, आयाम र चरित्र दिनहुँ ब्यापक हुदै गइरहेको र अन्तरदेशिय अपराधको रुपमा यसको जालो फैलदै गएको सन्दर्भमा यसलाई नियन्त्रण गर्न पक्कै पनि प्रशस्त चुनौति र कठिनाइ छ ।
यसको निम्ती सकेसम्म समाजमा भ्रष्टाचार हुन नदिनको लागि निरोधाधात्मक उपायको प्रणालीको स्थापना र सुदृढिकरणमा नै बढी जोड दिनु पर्ने हुन्छ। प्रधानमन्त्रीले भने– ‘भ्रष्टाचारको कसूरमा अनुसन्धान, अभियोजन गरी संलग्न ब्यक्तिलाई कारबाही गर्ने दण्डात्मक उपाय, पीडित, साक्षी तथा सूचनादाताको संरक्षण गर्ने संरक्षणात्मक उपाय एबं भ्रष्टाचार र भ्रष्टाचारीलाई वढावा दिने सामाजिक कुप्रचलन र मान्यता तथा सामन्तवादी सोचलाई बिस्थपान गरी नयाँ सस्कृति स्थापना गर्नको लागि प्रवद्र्धनात्मक उपायहरु एकसाथ अबलम्बन गरी पद्धितिमा रुपान्तरण गर्न सकेमा भ्रष्टाचारलाई हामी निर्मूल गर्न सक्छौ ।’