राजनीति

अमेरिका पुगेर एमाले नेता नेपालले यस्तो भने

काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले देशमा देखा परेको समस्या समाधानका लागि पार्टीहरु एक ठाउँमा बसेर छलफल गर्नुपर्ने बताउनुभएको छ । साताव्यापी भ्रमणका सिलसिलामा अमेरिका पुग्नुभएको नेता नेपालले भन्नुभयो–‘अहिले संविधान संशोधन होइन, कार्यान्वयनमा लाने बेला भएकाले संशोधन प्रस्ताव फिर्ता लिन सरकारसँग अनुरोध गर्दछु ।’
संशोधनप्रति मधेसवादी दलहरु समेत सन्तुष्ट नभएको र जनतामा आक्रोश पैदा गराएको उहाँको भनाइ थियो ।एमालेले र अहिले जनताले समेत सङ्घीयताको विरोध नगरेको उल्लेख गर्दे नेता नेपालले भन्नुभयो – “अहिले जनआक्रोश सीमाङ्कनको विषयमा मात्र केन्द्रित भएकाले यसलाई सङ्घीयताकै विरोधको रुपमा लिन हुँदैंन ।”
नेता नेपालले देशलाई एकताबद्ध गर्ने, संविधानको कार्यान्वयन गर्ने र निर्वाचन सम्पन्न गर्ने काममा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।