राजनीति

आज पनि संसद अवरुद्ध, अब शुक्रबार बस्ने

काठमाडौं–प्रमुख प्रतिपक्ष नेकपा एमालेलगायतका दलहरुको विरोधपछि व्यवस्थापिका–संसद बैठक आज पनि चल्न सकेन। सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन फिर्ता हुनुपर्ने माग राख्दै लगातार यी दलहरुले संसद बैठक अवरुद्ध गर्दै आएका छन्।
बैठक शुरु हुनुलगत्तै विरोध जनाउँदै प्रतिपक्षी सांसदहरु कुर्सीबाट उठेका थिए। पटकपटक सभामुख ओनसरी घर्तीमगरले बस्न आग्रह गर्दा पनि उनीहरु नबसेपछि बैठक स्थगित भएको जानकारी गराइन्। अर्को बैठक आगामी शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको छ। संसद सचिवालयले संशोधन प्रस्ताव कार्यसूचीमा नराखेपनि प्रतिपक्षी दलहरुले बैठक चल्न दिएका छैनन्।