राजनीति

‘कार्यकर्ता नेतामुखी हैन पार्टीमुखी हुनुपर्छ’

नवलपरासी– नेपाली काँग्रेस बाँकेले सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काले धर्म निरपेक्षता र सङ्घीयताले मुलुकको राष्ट्रियता कमजोर बनाउने भएकोले “म अहिले पनि धर्म निरपेक्षता र सङ्घीयताको पक्षमा छैन, पार्टीले त्यसको पक्षमा गरेको निर्णय महाधिवेशन बैठकबाट सच्याउनुपर्छ” भनेर भने ।
“पार्टी अहिले इतिहासकै कठिन घडीमा छ, नेता बलियो र पार्टी कमजोर हुँदैछ, कार्यकर्ता नेतामुखी होइन पार्टीमुखी हुनुपर्छ ।नेपाली काँग्रेस जबजब सरकारमा जान्छ पार्टी कमजोर हुन्छ, अब पनि यसको समीक्षा गरिएन भने हामी सिद्धिन सक्छौ’ त्यसैले नेपाली काँग्रेस अरु कुनै वादको पछि नलागेर विपीवादी हुनुपर्नेमा जोड दिँदै उनले अहिले पार्टीलाई बलियो बनाउनुपर्ने आवश्यकता छ ।

२१ मंसिर २०७३ ।