राजनीति

संविधान संशोधन दर्तापछि अबको प्रक्रिया यस्ताे

काठमाडौं– सरकाले मंगलबार दर्ता गरेको संविधान संशोधन विधेयक परिपक्व हुन पाँच दिन लाग्छ । संसदमा सैद्धान्तिक छलफलपछि संसद नियमावलीको १२७ अनुसार सांसदहरुले संशोधन प्रस्ताव राख्न पाउनेछन् । संशोधन पेस गर्न चाहने कुनै पनि सदस्यले विधेयकमाथिको सामान्य छलफल सकिएको ७२ घन्टाभित्र संशोधनसहितको सूचना महासचिव वा सचिवलाई दिनुपर्नेछ । संविधान संशोधन सम्बन्धी विधेयकको प्रत्येक धारा वा उपधारा  वा त्यसमा प्रस्तुत भएको संशोधनलाई सभामुखले एक एक गरी निर्णयार्थ बैठकमा प्रस्तुत गर्नुपर्छ । संविधान संशोधन गर्ने विधेयक पारित गरियोस् भन्ने प्रस्ताव व्यवसथापिका संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई सदस्यको बहुमतबाट स्वीकृत भएमा विधेयक पारित हुन्छ । 

संविधान संशोधन दर्तापछि कसले के भने ? 
संविधान संशोधन प्रस्तावमा मधेसी मोर्चा सकारात्मक देखिएको छ । तर आधिकारिक निर्णय बैठकपछि मात्रै गर्ने मधेशी मोर्चाका नेताहरुले भनेका छन् । 
प्रस्तावले दलबीच द्वन्द्व बढायोः एमाले उपाध्यक्ष भीम रावल ।
समस्या सममाधानमा सरकार एक  कदम अगाडि : हृदयेश त्रिपाठी ।
सरकारले देश विखण्डनको बाटो खोल्यो : गुल्मीका कांग्रेस नेता चन्द्र भण्डारी ।
साथीहरुसँग सल्लाह गरेर निर्ण लिन्छुः अर्घाखाँचीका माओवादी सांसद टोपबहादुर रायमाझी ।