राजनीति

सञ्चारमाध्यामले मरो नाम बिगारेः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार माध्यमले आफ्नो नाम बिगारेर प्रस्तुत गर्ने गरेकामा आपत्ति जनाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनका लागि नै वर्तमान सरकार गठन भएकाले सोही दिशामा लागेको दाबी पनि गरे।

'मेरो राहदानी, नागरिकता, राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्र, मन्त्रिपरिषद्को बैठकमा गर्ने हस्ताक्षर, प्रमुख राजनीतिक दलको बैठकमा गर्ने हस्ताक्षरमा समेत ‘प्रचण्ड’ लेख्ने गरेको छु। तर सञ्चार माध्यमले किन मेरो नाम बिर्गाछ यो मैले बुझ्न सकेको छैन' प्रधानमन्त्रीले भने।

प्रधानमन्त्रीले भने, 'हुँदै नभएका र सोच्दासमेत नसोचेका विषय प्रचार गरेर सरकारको ओज घटाउने काम भइरहेको छ, सरकार आफ्नो लक्ष्यमा प्रतिबद्ध छ, बाहिर कसले के भन्यो भन्दा पनि सरकारले के ग¥यो भन्ने विषय नै प्रमुख हो।'

सरकारले एकदुई दिनभित्रै असन्तुष्ट पक्षको माग सम्बोधन गर्ने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गराउने तयारीमा रहेको र सोका बारेमा सरोकार भएका पक्षसँग निरन्तर संवादमा रहेको जानकारी दिँदै उनले यो पनि हुँदैन, त्यो पनि हुँदैन भन्ने मान्यता नराख्न प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)लाई आग्रह गरे।

प्रधानमन्त्री ‘प्रचण्ड’ले मुलुकको समस्या समाधान गर्ने पवित्र लक्ष्यका साथ काम गर्दा जता पनि अप्ठ्यारो मात्रै पार्ने प्रवृत्तिका साथ केही शक्ति लागेको भन्दै आफूले देश र जनताको हितभन्दा अरु केही नसोचेको बताए। प्रधानमन्त्रीले भने  'सरकारको पहिलो ध्यान निर्वाचन गराउनेमा नै छ, निर्वाचन हुन्छ, गराउनुपर्छ, सबै पक्ष निर्वाचनमा नगई सुखै छैन, आग्रह पूर्वाग्रह राखेर निर्वाचन हुन सक्दैन।' रासस ।

११ मंसिर २०७३ ।