चलचित्र

वेनिशालाई पाउने निखिलको सपना अधूरो !

काठमाडौं–  केही समय अघि टिजर सार्बजनिक गरेको फिल्म ‘किङ’को रोमान्टिक गीत रिलिज भएको छ । ‘अधुरो थियो सपना’ बोलको गीतमा अभिनेता निखिल उप्रेती र अभिनेत्री वेनिशा हमाल देखिएका छन् ।  पौष २९ लाई प्रदर्शन मिति तोकिएको छ । हालै सार्वजनिक भएको गीतमा रामजी लामिछानेको कोरियोग्राफी, वसन्त सापकोटाको संगीत र प्रविशा अधिकारी र सन्नी सुनामको स्वर रहेको छ ।

 लभस्टोरी एक्शन कथामा निर्माण भएको चलचित्र किङमा निखिल र वेनिशासँगै अनुपबिक्रम शाही, रुपा राना, प्रज्जवसुजल गिरी, जगन श्रेष्ठ मुख्य भूमीकामा देखिएका छन् । सविर श्रेष्ठले निर्देशन गरेको फिल्ममा रोशन श्रेष्ठको एक्शन, सञ्जय लामाको छायांकन, रेनीस फागोको कलर, अर्जुन जिसीको सम्पादन, जगन श्रेष्ठको प्रस्तुतीमा तथा जयन श्रेष्ठ निर्माण रहेको छ ।
उत्कृष्ट सिनेमाटोग्राफी तथा सम्पादनले म्युजिक भिडियोलाई हेर्न लायक बनेको छ । गीतको कोरियोग्राफी रामजी लामिछानेको हो भने संगीत वसन्त सापकोटा, दिनेश सुनाम र सुजेन्द्र डि कार्कीको छ ।  स्वर प्रविशा अधिकारी र सन्नी सुनामको छ । गीतमा लुम्बिनीको मनोरम दृश्यहरु समावेश छन् ।